मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाइते

बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाइते


नेपालगंज। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बीरबहादुर वलीका अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

उनीहरु सबै भारतमा मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेको खुलेको एसपी वलीले बताए ।

 उनका अनुुसार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ११ पुरुष र १ महिला छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको एसपी वलीले बताए ।