नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार उनीहरु सबै एउटै टोलका हुन्। गएको शुक्रबार एकजना ६० वर्षीय पुरुषमा पहिलो संक्रमण देखिएपछि उनलाई पछ्याउने क्रममा नेपालगन्ज उपमहानगरपालिका–८ जोलाहनपूर्वाका ९४ जनाको स्वाब परीक्षण गरिएको थियो। पहिलो संक्रमितको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका व्यक्तिमध्ये…