मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना विरुद्धको अभियानमा बाँकेका प्रजिअ कुरुम्वाङ्गको सक्रिएता (फोटो फिचर)

कोरोना विरुद्धको अभियानमा बाँकेका प्रजिअ कुरुम्वाङ्गको सक्रिएता (फोटो फिचर)


पूर्ण बहादुर खड्का, अछाम –

कोरोना भाईरस प्रभाबित जिल्लाको रुपमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा रामबहादुर कुरुम्वाङ्ग आउनु भएको छ । उहाँ आएदेखी नै आफ्नो नियमित कामका साथै कोरोनाको क्षेत्रका स्थलगत रुपमै खटिएर लाग्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग कोरोना प्रभावित जिल्ला बाँकेका विभिन् ठाँउमा पुगेर अहिलेको अवस्थाका बारेमा जानकारी लिईरहनु भएको छ भने लकडाउनको कडाईका साथ पालना गर्न लागिरहनु भएको छ ।

आइृतबार मात्रै प्रजिअ कुरुम्वाङ्गले चिरपरिचित शैलीमा आफ्नो एक्सनमा उत्रिनु भएको छ । जिल्लामा जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग चिरपरिचित शैलीमा एक्सनमा उत्रिनु भएको हो ।

बाँकेको नेपालगञ्ज स्थित गणेशमान चोक आसपासमा उहाँले अनुगमन सहितको निरिक्षण गर्नुभएको छ । अछाम, बर्दिया हुदैँ स्यांजा जिल्लाका उत्कृष्ट प्रजिअको रुपमा आफ्नो नाम दर्ज गराउन सफल हुनु भएका कुरुम्वाङ्गको काम देखेर सरकारले केहि दिन पहिले उहाँलाई बाँकेको जिम्मेवारी दिएको थियो ।

सिडिओ कुरुम्वाङ्ग बाँके जिल्ला सरुवा भइ आएको दिनदेखि नै कोरोना विरुद्धको अभियानमा सक्रियता पुर्वक लागेको देख्न सकिन्छ । हेरौँ उहाँका आजका तस्वीर

तस्वीर सौजन्य : बेदप्रकाश तिमिल्सैना