मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा. रावलले बयालपाटा अस्पतालका लागि पठाएका स्वास्थ्य सामाग्री नगर प्रमुख कुवँरद्धारा हस्तान्त्ररण

नेकपा नेता डा. रावलले बयालपाटा अस्पतालका लागि पठाएका स्वास्थ्य सामाग्री नगर प्रमुख कुवँरद्धारा हस्तान्त्ररण


पूर्ण बहादुर खड्का, अछाम ।

पूर्व उपप्रधान, रक्षा तथा गृह मन्त्री डाक्टर भिम बहादुर रावलले बयालपाटा अस्पतालका लागि पठाएका स्वास्थ्य सामाग्री आज अस्पताललाई हस्तान्त्ररण गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँर मार्फत स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्त्ररण गरिएको हो ।

नेता डाक्टर रावलले अस्पतालका लागि पठाएका ५० थान पिपिई, सर्जिकल मास्क, हेण्ड सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री नगर प्रमुख कुवँरले अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनलाई हस्तान्त्ररण गरेका हुन् ।

स्वास्थ्यकर्मीका साथै अन्य फ्रन्टलाईनमा भएर काम गर्नेका लागि डाक्टर रावलले स्वास्थ्य सामाग्री पठाएकोमा नगर प्रमुख कुवँरले धन्यवाद दिएका छन् । आफ्नो जिल्लाका लागि व्यक्तीगत पहल मार्फत सहयोग गरेको भन्दै नगर प्रमख कुवँरले नेता डा. रावललाई धन्यवाद संगै आगामी दिनमा समेत सहयोग गर्न आग्रह गरेका छन् ।

नेता डा. रावलले बयालपाटा अस्पताल संगै जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय अछाम र अछामका संञ्चारकर्मीका लागि समेत स्वास्थ्य सामाग्री पठाएका हुन् । नेता रावलले जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालका लागि ५०/५० थान पिपिई संगै १५ हजार थान सर्जिकल मास्क, हेण्डसेनिटाईजर पठाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा अछाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका नेता रावलले कोरोना भाईरसको महामारीको समयमा अग्रमोर्चामा खटेर काम गर्ने संञ्चारकर्मीको लागि मात्रै भनेर १ हजार थान सर्जिकल मास्क पठाईएको प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एकिन्द्र कुवरले बताए ।

आगामि दिनमा संचारकर्मीका लागि सेनिटाईजर, प्रेस ज्याकेट लगाएतका सामाग्री समेत पठाईने बताईएको छ ।