मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि


दुल्लु । दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ ।

वडा नं ११ कालभैरवको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका ३५ वर्षीय युवाको दिउँसो पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।     
     
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

बिहीबार उनको स्वाब सङ्कलन गरिएको थियो । यही जेठ ७ गते भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । 

कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो हुन् । – (रासस)