मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५


सुर्खेत – कर्णालीमा एकै दिन ५९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा सल्यान, कालिकोट र दैलेखमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार कालिकोटका १७ जना, सल्यानका २६ जना, दैलेखका १५ र बाजुराका १ जना गरी ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । कर्णालीका दश जिल्ला मध्ये कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

कालिकोटका १७ जनामध्ये शुभकालिका गाउँपालिका १२ जना र महावै गाउँपालिका ५ जना रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको हो ।

त्यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा एकै पटक २६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । त्यस्तै देलेखका १५ जना संक्रमित मध्ये एक जनाको शनिबार विहान नै मृत्यु भइसकेको छ ।

यसअघि कर्णालीमा दैलेख र सुर्खेतका गरी ४६ जना संक्रमित थिए । बाजुरा र बझाङका एक/एक जना सहित कर्णालीमा संक्रमितको संख्या १ सय ५ पुगेको हो ।

संक्रमित सबै भारतबाट आएका हुन् ।धेरै समयसम्म कर्णालीमा कोरोना संक्रमण शून्य थियो। तर भारतबाट मानिसहरु आउने क्रम बढेपछि संक्रमण बढेको हो।