मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा मृत्यु भएकी सुत्केरीको कोरोना परीक्षण गरिने

डोटीमा मृत्यु भएकी सुत्केरीको कोरोना परीक्षण गरिने


डोटी – डोटीको सुजङ अस्पतालमा सुत्केरीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रवक्ता एवं प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार केआईसिंह गाउँपालिका–४, कारीबगरकी २९ वर्षीया नरुदेवी कार्कीको आइतबार बिहान साढे ६ बजे ज्यान गएको हो।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी ती महिलाले सोही दिन बच्चा जन्माएकी थिइन्। उनको अप्रेसन गरेर बच्चा जन्माइएको अस्पतालले जनाएको थियो। तर, उनलाई शनिबार श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

कार्कीको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयलाई उध्दृत गर्दै प्रहरी निरीक्षक बोहराले जानकारी दिए।