सुर्खेत– जन्मेपछि ढिलोचाँडो कसैको ज्यान जान्छ नै। तर कसैको मृत्युले भने धेरै मानिसलाई भावकु बनाइदिन्छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटालाको निधनले अहिले धेरैलाई यस्तै बनाइदिएको छ। घटना हो बिहीबारको। मध्यरात भइसकेको थियो। ना३ख ३७८८ नम्बरको नाइट बस तीव्र गतिमा अगाडि गुडिरहेको थियो। वातावरण शान्त बनेपछि आफ्नो निद्रा भगाउन मधुर गीत बजाइरहेका थिए…