मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनस्तर सुधार ल्याउने जीवन उपयोगी सीप कार्यक्रम सम्पन्न

जीवनस्तर सुधार ल्याउने जीवन उपयोगी सीप कार्यक्रम सम्पन्न


अछाम : वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछामको संयुक्त साझेदारी एवं कमलबजार नगरपालिका वडा नं.४ चाल्साको समन्वयमा बालबालिका तथा किशोर किशोरीहरको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन भएको जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाको आज औपचारीक रूपमा समापन भएको छ ।

साथै कक्षाबाट उत्पादन भएका दक्ष जनशक्तीलाई स्थानिय तहमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ । रूपान्तरण कक्षाको आरम्भ, कक्षा संचालन देखि हाल सम्म सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभारका साथै सबैको उज्ज्वल भविष्यको कामना कामना समेत गरीएको आस्था नेपालका सहजकर्ता लभजंग कुुँवरले जानकारी दिए ।

कमलबजार नगरपालिका जडा नं ४ चाल्साका अध्यक्ष ललित ढोलीको अध्यक्ष्तामा भएको समापन कार्यक्रममा वडा सदस्य जागृर्ती साउद, सिर्जना आधारभुत बिधालयका प्रधानाध्यापक कबिता साउद, साथी शिक्षक ,रुपान्तरण कक्षा का सहभागी र आस्था नेपालका कुल बहादुुर रावत , हेम चन्द र लभजङ्ग कुवर लगायतको उपस्थिति रहेको बताईएको छ ।