मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजि क्षेत्रको १५ करोड लगानीमा अछाममा पहिलो पटक एउटै छानामुनि अस्पताल र होटल संचालनमा

निजि क्षेत्रको १५ करोड लगानीमा अछाममा पहिलो पटक एउटै छानामुनि अस्पताल र होटल संचालनमा


अछाम : जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा सुबिधा सम्पन्न अस्पताल र होटल एकसाथ संचालनमा आएका छन् । साँफेबगरको एरपोर्टबजारमा पहिलो पटक निजि क्षेत्रको लगानीमा अस्पताल संचालनमा आएको हो ।

स्वास्थ्यकर्मी कृष्ण कुवँरको सक्रियतामा धुर्वतारा अस्पताल संचालनमा आएको हो । नवनिर्मित सोही भवनमा धुर्वतारा नामबाटै होटल पनि संचालनमा आएको छ । अस्पताल र होटेल संचालनका लागि मुख्य २ जना कृष्ण कुवँर र शिब बहादुर साँउदको लगानी रहेको छ ।

अछाम, बाजुरा तथा डोटी जिल्लाका नागरिकलाई लक्षित गर्दै अस्पताल संचालन गरिएको धुर्वतारा अस्पतालका संचालक कृष्ण कुवँरले बताए । यस क्षेत्रका जनतालाई सर्व सुलभ सेवा दिनका लागि अस्पतालको सुरुवात गरिएको उनले बताए ।

अस्पतालबाट हार्डजोर्नी, गाईने लगायतका बिशेषज्ञ सहितको सेवा दिईने छ । उपचारका लागि यस क्षेत्रका जनताले जिल्ला बाहिर जान नपरोस् भन्ने उद्देश्यका साथ अस्पताल संचालन गरिएको अर्का संचालक शिब बहादुर साँउदले बताए ।

यसअघि उनिहरुले धुर्वतारा फार्मेसी समेत संचालन गरिरहेका थिए । करिब १० करोड लागतमा संचालन गरिएको अस्पतालमा अन्य निजि क्षेत्रको शुल्क भन्दा कम शुल्कमा सेवा प्रदान गरिने संचालकको भनाई छ ।

होटलमा ५ करोड भन्दा बढीको लगानी

यस्तै करिब ५ करोडको लगानीमा सोही भवनमा होटेल समेत संचालनमा आएको छ । धुर्वतारा नामबाटै होटेल पनि संचालनमा आएको हो ।

सबै प्रकारका सेवा सुबिधा सहित होटेल संचालनमा आएको संचालकको भनाई छ । शान्त वातावरणका लागि होटलमा मदिरा नराखिने संचालन कृष्ण कुवँरको भनाई छ । भवन पनि नवनिर्मित भएकाले भवन संगै अस्पताल र होटल संचालनका लागि करिब १५ करोड लागत लाग्ने उनले बताए ।

एक कार्यक्रमका बिच पूर्व राजदुत कुवँरद्धारा उद्घाटन ।

धर्वतारा अस्पताल र होटलको आज एक कार्यक्रमका बिच पूर्व साँसद एवंम राजदुत बल बहादुर कुवँरले उख्घाटन गरे । उनले उद्घाटन गर्दै पहिलो पटक निजि क्षेत्रको लगानीमा सुबिधा सम्पन्न अस्पताल र होटल संचालनमा आउनु खुशीको कुरा भएको उल्लेख गरे । राम्रो सुरुवात भएको भन्दै सेवा सुबिधा पनि सर्भसुलभ र गुणस्तरिय दिनुपर्नेमा कुवँरको जोड छ ।

उद्घाटन कार्यक्रममा जिविस अछामका पूर्व सभापती एवंम नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले जनताको सेवाका लागि गरिएको सुरुवात राम्रो भएको भन्दै हाम्रो पनि साथ सहयोग रहने बताए ।

यस्तै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले निजि क्षेत्रको लगानीमा अस्पताल र होटल संचालनमा आउनु नगरका लागि पनि खुशीको कुरा भएको भन्दै उनले सर्वसुलभ र गुणस्तरिय सेवा दिन सुझाव दिए ।

कार्यक्रममा कांग्रेस महासमिती सदस्य राजन कुवँर, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठक, उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायत लगायत विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।