मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भकारी परीयोजनाद्धारा विनायकमा खोज तथा उदार सामग्री हस्तान्तरण

भकारी परीयोजनाद्धारा विनायकमा खोज तथा उदार सामग्री हस्तान्तरण


अछाम : USAID को आर्थिक सहयोग तथा मर्सिकोर नेपाल र वाक नेपालको साझेदारीमा संचालित भकारी परीयोजनाद्धारा खोज तथा उदार सामाग्रि हस्तान्तरण गरीएको छ ।

बिहीबार एक कार्यक्रमका बिच पन्चदेवल नगरपालिका अन्तरगत स्थानिय बिपद् तथा ब्यब्सथापन समितिलाई सामाग्रि हस्तान्तरण गरेको हो ।

परीयोजना द्धारा स्टेचर ५ थान , च्याम्सो मेसिन १ थान, टेन्ट ३ थान, बल्याङकेट ७ थान, लाईफ जकेट १५ थान लगायत अन्य सामाग्रि गरी ४ लाख ६६ हजारको सामाग्रि हस्तान्तरण गरीएको मर्सिकोर नेपालका जिल्ला सयोजक प्रेम लुहारले बताए ।

सामाग्रि ग्रहण गर्दै कार्यबाहक नगर प्रमुख लक्ष्मीकान्त देवकोटा बिपद जतिखेर पनि आउन सक्ने भन्दै उक्त साामग्रि बिपद परेका बेला प्रयोग गरीने बताए। साथै उनले समय अनुकुल्तालाइ बुझेर खोज तथा उदार सामाग्रि प्रदान गर्नु भएकोमा वाक नेपाल भकारी परीयोजना लाई धन्यबाद समेत व्यक्त गरे ।

सामाग्रि हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नि. प्रमुख प्रसासकिय अधिकृत पहल सिह नेपाली, लगायत बिषयगत शाखाका प्रमुखहरु वाक नेपाल भकारी परीयोजनाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।