दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। १५ दिनअघि भारतबाट फर्किएका उनी भारतमै संक्रमित भएका हुन्। ‘भारतमै कोरोनाको पुष्टि भएको रहेछ। तर कागजात च्यातेर गाउँ फर्केका रहेछन्’, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले भने, ‘नाकामा कोरोना पोजेटिभ भएको रेकर्डपछि जिल्लामा…