मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्वारा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिकाद्वारा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


अछाम : साँफेबगर नगरपालिकाको आयोजनामा नयाँ वर्ष २०७८ सालको शुभकामना आदनप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । नगर कार्वाहक प्रमुख विर्मलादेवि वुड्थापाको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहेका थिए।

शुभकामना आदनप्रदान कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य कुँवरले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । उनले नयाँ वर्षमा भौतिक पुर्बाधार विकाश, आर्थिक सामाजिक रुपान्तरण र सुशासन कायम गर्दै सम्बृद्ध कायम गर्नको लागि सम्पूर्ण एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गरे ।

कोरोनाको महामारी बिरुद्ध लड्न स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा पनि गरे । नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढ्नको लागि शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य शिवबहादुर कुँवर शिलोज, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुरत भूल, सशस्त्र प्रहरी गुल्म खप्तडका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक जगदिश जोशी, ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र जोशी, वडा अध्यक्ष कार्यापालिका सदस्य, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष खम्म खत्री, सुदूरपश्चिम सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।

निमित्ति प्रमुख प्रशासकीय अधिकृत पुष्प वुढाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रशासन शाखाका प्रमुख शंकर थापाले गर्नुभएको थियो ।