मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघको गरिमालाई उच्च बनाउदैँ समाज परिर्वतनका पक्षमा लाग्न उपप्रमुख चलाउनेको आग्रह

महासंघको गरिमालाई उच्च बनाउदैँ समाज परिर्वतनका पक्षमा लाग्न उपप्रमुख चलाउनेको आग्रह


अछाम : पन्चदेवन बिनायक नगरपालिकाले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित सुदुरपश्चिम प्रदेस र अछाम जिल्लाका नवनिवाचित पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना दिएको छ ।

पन्चदेवन बिनायक नगरपालिकाले नवनिर्वाचित प्रदेश अध्यक्ष योगेश रावल उपाध्यक्ष योगेन्द्र बलाएर ,महासचिव रामसिह ठगुन्ना , महासघका जिल्ला उपाध्यक्ष रमेश रावत , सहसचिब नमराज भन्डारी , रास्ट्रीय परिषद सदस्य बेदप्रकाश तिमिल्सैना , जनकराज भन्डारी , तपेन्द्र धामी ,प्रदेश परिषद सदस्य लोकराज ढकाललाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख अम्बिका चलाउनेले पत्रकारलाइ महासंघको गरिमालाई उच्च बनाउदैँ समाजका कुरिती कुसंस्कार बिरुद्ध सशक्त भएर कलम चलाउन आग्रह गरिन् । उनले आफु जहिले पनि पत्रकारको साथमा रहेको भन्दै प्रदेश समतीलिाई पहाडी जिल्लामा बिशेष ध्यान दिन अनुरोध गरिने ।

बधाई तथा शुभकामना कार्यक्रम कार्यक्रममा मन्तव्य राख्दै प्रदेश अध्यक्ष योगेश रावलले महासंघले आफ्नो कार्यकालमा प्रष्ट भिजिनरी प्लान बनाई अगाडि बढ्ने बताए ।

बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम मा पन्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत पदम माझिले नवनिवाचित पदाधिकारी लाई बधाइ दिदै महासघलाइ आफ्नो क्षेत्र बाट हुने सहयोग का लागि तत्पर रहेको बताए ।