मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघका पहाडी जिल्ला शाखालाई प्राथमिक्तामा राख्ने प्रदेश अध्यक्ष रावलको उद्घोष

महासंघका पहाडी जिल्ला शाखालाई प्राथमिक्तामा राख्ने प्रदेश अध्यक्ष रावलको उद्घोष


अछाम । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका नव निर्वाचित अध्यक्ष योगश रावलले पहाडी जिल्लाका पत्रकारका मुद्धालाई बिशेष प्राथमिक्ता दिने उद्घोष गरेका छन् ।

निर्वाचन पछि मतदातालाई धन्यवाद दिन सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको भम्रणका क्रममा अछाम पुगेका अध्यक्ष रावलले महासंघका ९ वटै जिल्ला शाखालाई मजबुत बनाउन आफ्नो प्रयत्न हुने उल्लेख गरे ।

आफु भोट माग्न पनि सबै जिल्ला पुगेको र धन्यवाद दिन पनि फेरी आईपुगेको भन्दै रावलले सबैको साथ र सहयोगका लागि धन्यवाद दिएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले नव निर्वाचित प्रदेशका पदाधिकारी र जिल्ला शाखाका पदाधिकारी लाई बिनायकमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा रावलले उक्त कुरा बताएका हुन ।

पूर्व अध्यक्ष तिमिल्सैनाले खादा र अविर लगाएर सम्मान गर्दै पहाडी जिल्लाका पत्रकारहरु र शाखालाई बिशेष प्राथक्तितामा राख्न प्रदेश समतिीलाई आग्रह गरेका थिए ।

अध्यक्ष रावलको नेतृत्वमा उपाध्यक्ष योगेन्द्र बलाएर, महासचिव रामसिंह ठगुन्ना, जिल्ला अध्यक्ष खम्म खत्री लगायतको उपस्थिती रहेको थियो ।