मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर हाटबजारमा सरसफाई

साँफेबगर हाटबजारमा सरसफाई


‘नगरलाई सुफा र सुन्दर बनाउन ब्यापारीहरुलाई आफ्ना पसलबाट आएका फोहर व्यवस्थापन गर्न बडा अध्यक्ष बुढाको आग्रह

अछाम : साँफेबगर नगरपालिका वडा नम्बर ३ को आयोजनामा आज बजार सरसफाई गरिएको छ ।

वडाको आयोजनामा हाटबजार सरसफाई गरिएको वडाध्यक्ष कृष्ण बुढाले जानकारी दिए । वडा सदस्यहरु सुरक्षाकर्मी तथा वडाका युवाहरुको सक्रीय सहभागितामा चेतना मुलक नारा सहित बजार सरसफाई गरिएको हो ।

वडा अध्यक्ष बुढाले नगरलाई सुफा र सुन्दर बनाउन सबैको उत्तिकै जिम्मेवारी भएकाले बिषेश गरी ब्यापारीहरुलाई आफ्ना पसलबाट आएका फोहर व्यवस्थापन गर्न आग्रह गरे ।

उनले बडाले बेला बेलामा बजार सरसफाईको कार्यक्रम समेत गर्दे आएको बताए । सरसफाई कार्यक्रममा वडा सदस्य बल बहादुर कुँवर,सदस्य पबित्रा कुवर लगायतको सहभागिता रहेको थियो ।