मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नव निर्वाचित पदािधकारीलाई बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालय अछामको सम्मान

नव निर्वाचित पदािधकारीलाई बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालय अछामको सम्मान


अछाम । नेपाल पत्रकार महासंघ अछाम शाखाका नवनिर्वाचित पदाधिकारीलाई बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालय अछाम शाखाले सम्मान गरेको छ ।

नव बर्षको पहिलो दिन महासंघ अछामका पदाधिकारी र प्रदेश सदस्यलाई फुलमाला, खाँदा र टिकाले बह्रमकुमारीका दिदी कविता दिदीले सम्मान गरेकी थिईन् ।

सम्मान कार्यक्रम संगै बह्रकुमारीका बारेमा छलफल समेत गरिएको थियो । बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालयले गर्ने कामका बारेमा छलफलमा जानकारी गराईएको थियो ।

बिश्व बिद्यालयले समाज परिर्वतनका लागि राम्रो काम गर्दै आईरहेको थियो । समाजमा कुलतमा फसेका मानिसहरुको व्यावहार परिर्वतन गर्न लगायतका विभिन्न परोपरकारी काम बिश्व बिद्यालयले गर्दै आईरहेको छलफलमा जानकारी गराईएको थियो ।

आफुहरुले गरेको काम र संस्थालाई सहयोग गर्न बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालय अछामका प्रमुख कविता दिदीले आग्रह गरेकी थिईन् ।

बिशुद्ध परोपकारका हिसाबले संचालित अछाम शाखाले राम्रो काम गरेको भन्दै पत्रकारहरुले प्रशंसा गरेका थिए । आगामी दिनमा महासंघले पनि सक्दो सहयोग गर्ने शाखा अध्यक्ष खम्म खत्रीले बचन दिएका थिए ।