मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा कानुन निमार्ण सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न, सिचाई ऐन निमार्ण

स्थानीय तहमा कानुन निमार्ण सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न, सिचाई ऐन निमार्ण


अछाम : साँफेबगर नगरपालिकामा स्थानीयतहमा कानुन निमार्ण सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कानुन समाज र सुशासनको लागी क्षमता बिकास परियोजनाद्धारा आयोजित ३ दिने कानुन निमार्ण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

तिन दिने कार्यक्रममा नेपालको संघीयता सरचना अवधारणा अभ्यास र कानुन निमार्ण प्रकृया,कानुन तर्जुमा संरचना र ढाचा,बिधायन तर्जुमा निर्देशन,संघ प्रदेश र स्थानीय तहमा कानुन निमार्ण प्रकृया,प्रत्योजित बिधायन तर्जुमाको सिद्धान्त र अभ्यास लगायतका बिषयमा जानकारी गराईएको छ ।

कार्यक्रममा पुर्ब कानुन सचिब माधव पौडेल,तिर्थराज शाक्य र अधिबक्ता मिलन श्रेष्ठले प्रशिक्षण दिएक थिए । कार्यक्रममा जेआईजेडका पुर्णकला राई,अधिबक्ता गणेशमान प्रधानाले सहजिकरण गरेका थिए ।

कार्यक्रमको तिन दिनको अवधिमा सिचाई ऐन बनाईएको छ । दुई समुह बिभाजन गरी साँफेबगर नगरपालिकामा सिचाई सम्बन्धी व्यवस्था गर्न बनेको ऐन निमार्ण गरिएको हो । समापन कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख बिर्मला देबी बुडथापाले गरेकी थिइन् । कार्यक्रममा एमालेका शिलोज कुवर,माओवादी केन्द्रका सुरत भुल,नेपाली कांग्रेसका राजन कुँवर,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवरले मन्तव्य राखेका थिए।

कार्यक्रममा राजतितिकदलका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी, सचारकर्मीहरुको सहभागिता रहेको थियो ।