काठमाडौं – सोमबार, ५ असोजदेखि सुरु हुने आन्तरिक उडानमा वायुसेवा कम्पनीले साविक उडानको २५ प्रतिशत मात्रै उडान गर्ने भएका छन्। सेप्टेम्बर महिनाभरी अर्थात् १४ असोजसम्म २५ प्रतिशत उडान गर्ने र त्यसपछि यात्रु संख्याको आधारमा थपघट हुने वायु सेवा सञ्चालक संघ नेपालले जनाएको हो। उडान भने सबै विमानस्थलमा हुनेछ। उडानका क्रममा पूरै सिटमा यात्रु राख्न पाइने…