मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ५ सहित ११ कोरोना संक्रमितको मृ’त्यु

उपत्यकामा ५ सहित ११ कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृ’त्यु भएको छ ।  मृ’त्यु हुनेमा ७ महिला र चार जना पुरुष छन् ।

मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षकी महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका ७६ र ६८ वर्षीष २ महिला, काठमाडौंकी ७६ वर्षकी महिला र मकवानपुरकी ३७ वर्षीया महिलाको मृ’त्यु भएको छ ।

मन्त्रालयका अनुसार ललितपुरका ६० वर्षका पुरुष, काठमाडौंका ७५ वर्षी पुरुष,  रुपन्देहीका ६९ र बाँकेका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार नेपालमा कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ४०१ पुगेको छ । 

कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।