मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२,०२० थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३

२,०२० थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३


३६ कोरोना संक्रमितको भेन्टिलेटर र १७३ जनाको आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २०  संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३  रहेको छ । 

पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२०  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३  जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ३६  जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ६१ हजार ९९३ पुगेको छ । 

आइतबार देशभर एक हजार ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी यही अवधिमा देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरबाट एक हजार १७३ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । 

सोमबार देशभर एक हजार १७० कोरोना भाइरस संक्रमित थपिएका थिए । सोही अवधिमा देशभरबाट ९७९ जना डिस्चार्ज भएका थिए भने १५ जना संक्रमितको मृत्यु भएको थियो ।

मंगलबार कोरोना भाइरसका एक हजार ४५९ संक्रमित फेला परेका थिए भने एक हजार ६२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ११ जनाको मृ’त्यु भएको थियो ।

बुधबार देशभर कोरोना भाइरसबाट एक हजार ५३९ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा एक हजार ६८ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृ’त्यु छ ।

बिहीबार देशभर एक हजार २४६ कोरोना संक्रमित थपिए भने एक हजार २४३ कोरोना संक्रमितको उपचारपछि विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी सोही अवधिमार चार जना कोरोना भाइरस संक्रमितको मृ’त्यु भएको छ ।