काठमाडौँ - सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ। विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका छन्।…