मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज थपिएका ६८१ जना संक्रमित कुनकुन जिल्लाका ?

आज थपिएका ६८१ जना संक्रमित कुनकुन जिल्लाका ?


काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकका ३९ जिल्लाका ६८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये २१६ महिला र ४६५ जना पुरुष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना र पर्सामा १०८ जना संक्रमित थपिएका छन्।

यस्तै मोरङमा ६९ जना, रूपन्देहीमा ५२ जना र सुनसरीमा ३६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। पछिल्लो २४ घण्टामा झापामा १६, ओखलढुंगामा एक, पाँचथरमा एक जना संक्रमित थपिएका छन्।

प्रदेश २ आठैवटा जिल्लामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन। सप्तरीमा १३, सिरहामा १९, धनुषामा २८ जना संक्रमित थपिएका छन्। महोत्तरीमा १२, सर्लाहीमा १९, बारामा १५ र रौतहटमा चार जना संक्रमित थपिएका छन्।

प्रदेश ३ काे भक्तपुरमा आठ, ललितपुरमा १७ र धादिङमा एक जनामा कोरोना संक्रमण भएको छ।चितवनमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशका गोरखामा तीन, कास्कीमा पाँच, लमजुङमा तीन, पूर्वी नवलपुरासीमा १२ र तनहुँमा चार जना कोरोना भाइरस संक्रमित थपिएका छन्। प्रदेश ५ को कपिलवस्तुमा ६, पश्चिम नवलपरासीमा एक, पाल्पामा एक, दाङमा तीन र प्यूठानमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

यस्तै बाँकेमा १८ र बर्दियामा दुई जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। कर्णाली प्रदेशका सल्यानमा १७, डोल्पामा एक, जुम्लामा नौ, सुर्खेतमा १३ र दैलेखमा चारजनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमका कैलालीमा तीन, अछाममा तीन, डोटीमा चार जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।