मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रकवि घिमिरेकाे राष्ट्रिय बिदाइ (तस्बिर सहित)

राष्ट्रकवि घिमिरेकाे राष्ट्रिय बिदाइ (तस्बिर सहित)


काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ।

उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। उनको पार्थिव शरीरमा नेपाली सेना र सशस्त्र प्रहरीले अन्तिम सलामी अर्पण गरेका थिए।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो।

वि. संं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेले १४ वर्षको उमेरदेखि साहित्य यात्रा सुरु गरेका थिए। उनलाई २०६० असोज ९ गते तत्कालीन सरकारले राष्ट्रकविको उपाधि दिएको थियो।

उनका गौरी, राजेश्वरी, राष्ट्रनिर्माता लगायतका काव्यकृति प्रकाशित छन्। घिमिरेका गीतहरू पनि निकै चर्चित छन्।