मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रकवि घिमिरेको बुधबार बिहान १० बजे अन्त्यष्टी गरिने

राष्ट्रकवि घिमिरेको बुधबार बिहान १० बजे अन्त्यष्टी गरिने


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे हुने भएको छ ।मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएका राष्ट्रकवि घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ । 

राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो । घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुन् । 

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी,  नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका अन्य गीत पनि लोकप्रिय छन् । ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी), ‘आजै र राति के देखेँ सपना’ (नारायणगोपाल)ले गाएका गीतका रचनाकार घिमिरे नै हुन् ।

घिमिरेलाई राज्यले २०६० सालमा राष्ट्रकविको उपाधिले सम्मान गरेको थियो । उनले साझा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कारलगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । उनलाई राज्यले विभिन्न सुविधासमेत उपलब्ध गराउँदै आएको थियो ।