बाँके । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन । प्रेस युनियनको महाधिवेशन अगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना हुँदैछ । युनियनको आठौं महाधिवेशनबाट केन्द्रीय उपमहासचिव पदमा निर्वाचित केसीले यसपटक भने वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।…