मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर चलाउनेमाथि मुद्दा नचल्ने : सरकारी वकिल कार्यालय

मेयर चलाउनेमाथि मुद्दा नचल्ने : सरकारी वकिल कार्यालय


अछाम — जिल्लाको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत २ जना माथि मुद्दा नचल्ने भएको छ ।

पन्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो । 

प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।