मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब’न्दुकको कुन्दा समाई प्रीत मैले पाएकै हो

ब’न्दुकको कुन्दा समाई प्रीत मैले पाएकै हो


  • अमरदीप शर्मा

चन्द्रमाको शीत सङ्ग मीत मैले लाएकैहो
काख च्यापी प्रिय आत्मा गित मैले गाएकैहो

रितु मास बदलिन्छ्न दैव यस्तै चाहन्छ कि
बिलाउने हराउँछ जित मैले चाहेकैहो

कति सस्तो भयो आज हिजो किन सम्झिदैनौ
बन्दुकको कुन्दा समाई प्रीत मैले पाएकैहो

हैन हेर हाम्रो देश क्रिडा स्थल भयो भन्छन
सपनामा हराएको जित म मा छाएकै हो

मेरो कर्म फल्छ भनी खोला किनार खनेकैछन
चहुरको बाझो भुमी मित बनाई बाएकैहो

हैन हेर, कुन्ठा नजिक शत्रू पनि पाल्नु छैन
चतुरे त्यो साढे मेरो चित्त समाई दाएकैहो

प्रीय पात्र दुखी सबै बाढी पहिरो जताततै
आशातित कल्पनाले भित्ते चड्कन खाएकैहो !!