मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको छैटौंमा अक्षय

विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको छैटौंमा अक्षय



सार्वजनिक सूचीमा लगातार दोस्रो वर्ष पनि ड्वेन जोनसन उर्फ रक पहिलो स्थानमा पर्न सफल भएका छन् । यसको छैटौं स्थानमा भने बलिउडबाट एकमात्रै कलाकार अक्षय कुमार परेका हुन् ।

रिलिजको तयारीमा रहेको चलचित्र गरी जम्मा ८७.५ मिलियन डलरसहित जोनसन पहिलो स्थानमा परेका हुन् । भने यो वर्ष बलिउडबाट एक मात्रै कलाकार पर्न सफल अभिनेता अक्षय कुमारको यस वर्षको जम्मा पारिश्रमिक ४८.५ मिलियन डलर सहित छैटौं स्थान प्राप्त गर्न सफल भएका हुन् ।

फोर्ब्सको दोस्रो स्थानमा ७१.५ मिलियन डलरसहित रायन रेनल्ड्स परेका छन् । मार्क वाह्लबर्ग ५८ मिलियन डलर पारिश्रमिकसहित तेस्रो स्थान बनाउन सफल भए । भने चौथो र पाँचौं स्थानमा क्रमश: ५५ र ५४ मिलियन डलर पारिश्रमिकसहित बेन एफलेक र विन डिजल पर्न सफल भएका छन् ।

उत्कृष्ट १० को सूचीमध्ये लिन-म्यानुयल मिरान्डा ४५.५ मिलियन डलरसहित सातौं स्थानमा छन् । जबकि विल स्मिथ ४५.५ मिलियन पारिश्रमिक सहित आठौं स्थानमा छन् । 

यसको नवौं र दशौं स्थानमा एडम स्यान्डलर र ज्याकी चेन छन् । उनीहरुको वर्ष २०२० को जम्मा पारिश्रमिक क्रमश: ४१ मिलियन डलर र ४० मिलियन डलर रहेको छ । (बलिउड हंगामा)