बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ। मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ। प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक स्रोतसाधन सरकारले जुटाउने…