मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल महिला जेसिजद्वारा ६ महिनामा २० वटा कार्यक्रम सम्पन्न

बुटवल महिला जेसिजद्वारा ६ महिनामा २० वटा कार्यक्रम सम्पन्न


बुटवल महिला जेसिजमा नयाँ कार्यकालकाे ६ महिना सकिएको छ । ६ महिनाकाे अवधिमा जेसिजले २० वटा औपचारिक कार्यक्रम गरेकाे अर्धबार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएकाे थियाे । 

बुटवलमा एक कार्यक्रमकाे आयाेजना गरी जेसीजले बिभिन्न सामाजिक तथा रचनात्मक कामहरू सम्पन्न गरेकाे बुटवल महिला जेसिजकी महासचिब अनुपमा श्रेष्ठले बताइन् ।

महिला जेसिजले बुटवलका क्रियाशील पत्रकारलाई आज स्वास्थ्य सामाग्री वितरण गरेकाे छ । मास्क, सेनिटाइजरकाे प्रयोग र भौतिक दुरी कायम राख्दै कार्यक्रम गरिएकाे थियाे । पत्रकारहरूलाइ एन नाइन्टी फाइब मास्क,स्यानिटाइजर,साबुन बितरण गरिएकाे थियाे ।

साे अवसरमा जेसिजका अध्यक्ष कल्पना पाण्डे कुशुम, प्रमुख अतिथि  तथा अक्सफाेर्डका क्याम्पस प्रमुख मनाेज मरासीनी,पूर्व अध्यक्ष उर्मिला श्रेष्ठ,कार्यक्रम संयाेजक कृतिका जाेशी,आजिबन सदस्य गिता ज्ञवाली,  पत्रकारहरू ,शरण कर्माचार्य,झबिन्द्र देवकोटा,रिमा बिसी लगायतले बाेल्दै जेसिजको सक्रियताकाे प्रशंसा गरेका थिए ।

कार्यक्रमकाे संचालन बुटवल महिला जेसिजकी महासचिब अनुपमा श्रेष्ठले गरेकी थिइन् ।