मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होम क्वारेन्टिनमा बसेकी बालिकाको मृ’त्यु

होम क्वारेन्टिनमा बसेकी बालिकाको मृ’त्यु


प्युठान – जिल्लामा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मु’त्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको शनिबार अपराह्न घरमै नि’धन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो ।

आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ ।

मृतक बालिका मिर्गौैला र ब्ल’ड क्या’न्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए। बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।