मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट कोहलपुर रेफर गरिएकी गर्भवतीमा कोरोनाको संक्रमण

अछामबाट कोहलपुर रेफर गरिएकी गर्भवतीमा कोरोनाको संक्रमण


पूर्ण बहादुर खड्का, अछाम ।

अछामबाट कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–५ निवासी २५ बर्षिया गर्भवती महिलामा कोहलपुरमा कोरोना भाईसको संक्रमण देखिएको पुष्टी भएको छ ।

भारतबाट आएर ११ दिन अघिबाट दयापिलतोला माविको क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो । भारतबाट आएर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल ल्याइएको थियो ।

आठ महिनाकी ति गर्भवतीलाई यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएको पुष्टी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रजिअ कुरुम्वाङका अनुसार ति महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको हो ।

ती महिलाको आजै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि प्रजिअ कुरुम्वाङले जानकारी दिए । आन्द्रा ब्लक भएर पेट फुले पछि आन्द्रामा घाउ भएको भन्दै थप उपचारका लागि बयालपाटा अस्पतालबाट रेफर गरिएको थियो ।