मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ह’त्यामा मेरो बुवा र दाइको समेत संलग्नता छ : नवराजकी प्रेमिका

ह’त्यामा मेरो बुवा र दाइको समेत संलग्नता छ : नवराजकी प्रेमिका


काठमाडौं । गत जेठ १० गते ह’त्या गरेर भेरी नदीमा फालिएका नवराज विककी प्रेमिकाले नवराजको ह’त्यामा आफ्ना बुवा र दाइको संलग्नता रहेको बयान दिएकी छन् ।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले यस्तो भनेकी हुन् । नवराजसहित ६ जनाको गत जेठ १० गते ह’त्या गरेर भेरी नदीमा फालिएको थियो। उनले त्यसअघि दुईपटक नवराजको घरमा पुगेर रात बिताएको समेत बयान दिएकी छन् ।

“२०७५ साल फागुन महिनामा नवराज विकले मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । त्यति वेला नै मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्दथ्यो,” उनले बयानमा भनेकी छन्।

उनले बयानमा वैशाख १७ गते राति नवराजले ८ बजे समेत नवराजले २ जना साथीहरुलाई ल्याई आफ्नो घरनजिकै आएको मौकामा बुवा आमाले थाहा पाएको बताएकी छन् ।