मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटाको सञ्चालन व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारले गर्ने

बयालपाटाको सञ्चालन व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारले गर्ने


अछाम : अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट प्रदेश अन्र्तगतको ५० सैयाको अस्पतालका रुपमा सञ्चालन गर्ने भएको हो ।

आर्थिक बर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले बयालपाटा अस्पताललाई प्रदेश सरकारले सञ्चालन र व्यवस्थापन गर्ने बताए ।

निति तथा कार्यक्रम बाचन गर्दै प्रदेश प्रमुख मियाँले प्रदेश सरकारले आवश्यक कानुनी प्रक्रिया पुरा गरि अस्पतालको स्वामित्व प्रदेश सरकारले लिने र प्रदेश स्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाईने बताए ।

यसअघि सामाजिक विकास मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्दै आईरहेको थियो । गत माघ महिनामा न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापनका लागि २ वटा विकल्प राख्दैँ प्रदेश सरकारलाई पत्र लेखेको थियो ।

न्याय हेल्थ नेपालले दिएको दुई वटा विकल्प मध्ये पहिलो विकल्प न्याय हेल्थ नेपालकै व्यवस्थापनमा प्रदेश सरकारले ५० प्रतिशत आर्थिक अनुदान निर्शत सहयोग सहितको लागत साझेदारीमा कानुनी आधार नभएको भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दोश्रो विकल्पमा गएको हो ।

न्याय हेल्थ नेपालले दिएको दोश्रो विकल्प बयालपाटा अस्पताल सञ्चालनको हालकै मोडेलमा (एकिकृत स्वास्थ्य सेवा प्रणाली) प्रदेश सरकारले नै सञ्चालन र व्यवस्थापन गर्ने रहेको थियो ।

उक्त दोश्रो विकल्प अनुसार प्रदेश सरकारको माननिय मुख्यमन्त्री स्तरिय बैठकबाट सामाजिक विकास मन्त्री मेघराज खड्को संयोजकत्वमा निर्देशक समिति र प्राध्यापक डाक्टर चेतराज पन्तको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको थियो ।

उक्त कार्यकारी समितिले न्याय हेल्थ नेपालले सञ्चालन गरेका कार्यक्रम बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आगामी दिनमा समेत हालकै मोडेलमा सञ्चालन गर्नुपर्ने सिफारिष गरेको थियो ।

सो सिफारिषको आधार तथा सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट समेत बयालपाटा अस्पतालको स्वामित्व ग्रहण गर्नका बिभिन्न बुदा सहितको प्रस्ताव प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा पेश गरेको थियो ।

उक्त प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भएपछि सामाजिक विकास मन्त्रालयले अस्पतालको स्वामित्व ग्रहण गर्ने प्रक्रिया सुरु गरिएको थियो । मन्त्रीपरिषदबाट प्रस्ताव स्वीकृत भएपछि आज शुक्रबार सार्वजनिक भएको निति तथा कार्यक्रममै बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापन प्रदेश सरकारले गर्ने बुदा समेटिएको छ ।

अब अस्पतालको स्वामित्व ग्रहण गर्न पहिलो चरणमा लगत्तै न्याय हेल्थ नेपालसंग ग्रहण/हस्तान्त्ररणका लागि सम्झौता गरिने मन्त्री मेघराज खड्काले बताए । बयालपाटा अस्पताल सञ्चालन व्यवस्थापनको लागि प्रदेश सरकारबाट गठन आदेश जारी गरि अस्पताल नियमित सञ्चालन गरिने उनले बताए ।

न्याय हेल्थ नेपाल संग सहकार्य र प्राविधिक सहयोगका लागि अनुरोध गर्ने समेत मन्त्री खड्काले बताए ।

बिगत १६ बर्ष देखि बयालपाटा अस्पताल सुरुमा संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र २०७४ पश्चात सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपालले सञ्चालन व्यवस्थापन गर्दै आईरहेको छ ।

बयालपाटा अस्पतालमा स्थापना काल देखि नै सबै सेवा निशुल्क रुपमा प्रदान हुदैँ आईरहेका छन् भने हालसम्म करिब १५ लाख नागरिकले निशुल्क सेवा लिईसकेका छन् ।