मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिद्यालय पुगेर जनचेतना फैलाउदै अछाम प्रहरी

बिद्यालय पुगेर जनचेतना फैलाउदै अछाम प्रहरी


अछाम : विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम मंगला नेरा मावि वलिगाउमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजना र जिल्ला प्रहरी कार्यालय अछामको सहकार्यमा बाल संरक्षण कार्यक्रम अन्तरगत लागू पदार्थ दुर्व्यसन बिरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहन सम्बन्धी कार्यक्रम गरिएको हो ।

सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख DSP ईश्वरीप्रसाद भण्डारीले जिल्ला भर समुदाय, क्याम्पस र विद्यालयमा सचेतना जगाउदै कार्यक्रम भईरहेको बताउनु भयो ।

लागू औंषध नियन्त्रण, बालविवाह न्युनिकरण सबैको साथ सहयोगले हुने भएकोले हरेक क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताउनु भयो । समाज परिवर्तनको जिम्मेवारी भविष्यमा अहिलेका बालबालिका माथि हुने सबै विद्यार्थीलाई जिम्मेवार बन्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रमका अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर रावलले महत्त्वपूर्ण कार्यक्रम विद्यार्थीका लागि भएकाले सबैलाई राम्रा कुराको अनुसरण गर्न आग्रह गर्नु भयो ।  समाजका यथार्थ घटना र कानुनका बारेमा समेत विद्यार्थीलाई जानकारी दिएकोमा सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर बहादुर रावल हरेक कुलतमा फसेका बालबालिकालाई सचेतना जगाउने उदेश्यका साथ जिल्ला भरका विद्यालयमा कार्यक्रम भईरहेको बताउनु भयो । आगामी हरेक क्रियाकलापमा विद्यार्थीलाई साथ दिन आग्रह गर्दै गाउँ समाजमा सकारात्मक कुराको थालनी गर्न सुझाव दिनु भयो ।

जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा विनोद राज खनाल, वडा नम्बर ९ कार्यवाहक अध्यक्ष पुष्प बहादुर रावल, पत्रकार धुब्र बिसी अतिथि रहनु भएको थियो । विद्यालयका प्रधानाध्यापक मीन बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन लेखापाल कमल रावलले गर्नु भएको थियो ।