धनगढी – सुदूरपश्चिम प्रदेशमा थप १४ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार कञ्चनपुरका १२ र बैतडीका दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा पाँच हजार सात सय ८१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित…