मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय तहको पहलमा अछाममा पिसिआर परिक्षण सुरु हुदैँ, प्रदेशका मन्त्रीको प्रतिबद्धता घोषणामै सिमित

स्थानिय तहको पहलमा अछाममा पिसिआर परिक्षण सुरु हुदैँ, प्रदेशका मन्त्रीको प्रतिबद्धता घोषणामै सिमित

संचालन हुन लागेको प्रयोगशालाको अवस्था बुझ्न प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीको टोली कमलबजारमा


संचालन हुन लागेको प्रयोगशालाको अवस्था बुझ्न प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीको टोली कमलबजारमा

अछाम – जिल्लाको कमलबजार नगरपालिका नोभेल कोरोना भाईरस कोभिड १९ को परिक्षणका लागि स्थापना गर्न लागिएको प्रयोगशला संचालनको अन्तिम तयारीमा पुगेको छ । जिल्लाको एक स्थानिय तहको पहलमा भईएको प्रयोशाला संचालनको काम ९५ प्रतिशत भन्दा बढी पुगिसकेका कारण अब केही दिनमै संचालन हुने नगरपालिकाले जनाएको छ ।

कमलबजार नगरपालिकाको पहलमा संचालनमा आउन लागेको प्रयोगशाला स्थापनाका लागि पूर्वी अछामका ढकारी, तुर्माखाँद गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकाले साथ दिएका छन् ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा संचालनको अन्तिम चरणमा रहेको पिसिआर मेसिन तथा प्रयोगशालाको गुणस्तर लगायतका अवस्थाको बारेमा जानकारी दिन प्रदेश स्तरिय एक स्वास्थ्य टोलिले अनुगमन गरेको छ ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीको टोलिले पिसिआर मेसिनको गुणस्तर तथा संचालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिएको छ ।
निर्देशक डा. अवस्थीले दुर्गममा पिसिआर मेसिन संचालनको प्रयास गरेकोमा कमलबजार नगरलाई धन्यवाद दिएका छन् । उनले यसको सुरुवात मत्रै नभई निरन्तरतामा जोड दिनुपर्ने बताए ।

प्रयोगशालाको नियमित संचालनका लागि जिल्लाका दश वटै स्थानिय तहले साथ दिनुपर्ने उनको भनाई छ । पिसिआर मेसिन संचालनका लागि प्रयोगशालामा आवश्यक पर्ने सहयोग प्रदेशको तर्फबाट गर्न आफु तयार रहेको समेत उनले बताए ।

अनुगमन टोलीमा सहभागी सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले मेसिनको परिक्षणका लागि पहिले टेस्ट भएका नेगेटिभ र पोजेटिभ नमुना जाँच गरिने बताए । असोज १५ गते सम्ममा कमलबजारको प्रयोगशालामा पिसिआर जाच भएको नमुना अन्य प्रयोगशालामा जाँच गरि अन्तिम रुप दिने तयारी भईरहेको प्रमुख शाहीको भनाई छ ।

अहिलेको कठिन परिस्थितीमा पिसिआर मेसिन संचालनको लागि ठुलो चुनौती भएको भन्दै नगरप्रमुख ओमप्रकाश बिष्टले आफुले अप्ठेरो परिस्थितीका बाबजुत पनि काम अघि बढाएको बताए । विविध कारणबस केही मेसिन संचालन गर्न ढिलाई भएपनि अब छिट्टै अछामी जनताको पिसिआर कमलबजार बाट हुने उनको विश्वास छ । कमलबजारमा पिसिआर मेसिन संचालनमा आएपछि कमलबजार सहित जिल्लाको समग्र कोराना परिक्षणको दायरा फराकिलो हुने विश्वास समेत नगर प्रमुख बिष्टको छ ।

तर यता बयालपाटा अस्पतालमा साउन महिना भित्रै पिसिआर परिक्षणका लागि मेसिन जडान सहित प्रयोगशाला संचालनमा ल्याउने प्रतिबद्धा गरिएपनि असोज महिना सम्म पनि कुनै सुनुवाई भएको छैन । सुदूरपश्चिम प्रदेश सरकारका कानुन तथा मामिला मन्त्री प्रकाश शाहले अछाम र बाजुरालाई लक्षित गर्दै बयालापाटा अस्पतालमा पिसिआर मेसिन संचालन गरिने उद्दघोष गरेका थिए । उनले अस्पताल भम्रणका क्रममा प्रदेश सरकारले बयालपाटा अस्पतालमा पिसिआर मेसिनको लागि सबै तयारी भईसकेकाले श्रावण महिना भित्रै संचालन गरिने प्रतिबद्धता जनाएका थिए ।

यस्तै साँफेबगरमा समेत जनस्तरबाट पिसिआर मेसिन संचालन गर्ने भनेर आर्थिक अभियान सुरु गरिएपनि त्यो अधुरै भएको छ । अछाम, बाजुरा तथा डोटी जिल्लाका समेत नागरिकको परिक्षण सहज पार्ने भनेर गएको असारमै आर्थिक संकलन अभियान गरिएको थियो । सुरुवातमै ४ देखी ५ लाख सम्म रकम संकलन भएपनि अभियानले पूर्णता पाउन सकेन् ।