मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ सय ६१ जना कोरोना सन्क्रमित निको भएर घर फर्किए

९ सय ६१ जना कोरोना सन्क्रमित निको भएर घर फर्किए


अछाम – जिल्लामा हालसम्म ९ सय ६१ जना कोरोना सक्रमितहरु निको भएर घर फर्किएका छन् ।

स्वास्थ कार्यालय अछामका अनुसार १ हजार ३५ जना संक्रमित मध्ये ९ सय ६१ जना निको भएर फर्किएका हुन् ।

जिल्लामा हालसम्म ८ हजार ८ सय ६८ जनाको कोरोना परिक्षण गरिएको छ । जस्मा ७ हजार ६ सय २८ जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

१ सय ५१ जनाको रिर्पाेट आउन बाकि रहेको छ । दश स्थानीय तह मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिकाले २ हजार ४५ जनाको स्वाब संकलन गरी पिसिआर गरेको छ भने सबैभन्दा कम कमलबजर नगरपालिकाले १२६ जनाको पिसिआर परिक्षण गरेको स्वास्थ कार्यालयसंग तथाक रहेको छ ।

जिल्लामा अहिलेसम्म १६ हजार ७ सय २२ जना भारत तथा जिल्ला बाहिरबाट भित्रिएका स्वास्थ कार्यालय अछामले जनाएको छ । कोरोना सक्रमित ४ जनाको भने मृ’त्यु भईसकेको छ ।