मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन ६ मा ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईनबाट सुरु

मंगलसेन ६ मा ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईनबाट सुरु


अछाम – मंगलसेन नगरपालिका वडा नम्बर ६ मा ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणालीबाट सुरु भएको छ । नगरको तेस्रो वडाको रुपमा ब्यक्तिगत घट्ना दर्ता अनलाईन प्रणालीबाट सुभारम्भ गर्ने वडा नम्बर ६ भएको हो ।

अनलाईन प्रणालीबाट ब्यक्तिगत घट्ना दर्ता गरेपछी सेवाग्राहीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले शुभारम्भ गरे । अनलाईनबाट पहिलो विवाह दर्ताको प्रमाणपत्र ग्रहण गर्ने वडा नम्बर ६ का धनिराम भण्डारी र दुर्गा कुमारी जैसीलाई वडा अध्यक्ष भण्डारीले हस्तान्तरण गरेका थिए ।

सुचना प्रविधिसँगै जोड्दिै अझै प्रभाबकारी बनाउन लागि पर्ने वडा अध्यक्ष भण्डारीले बताए । हरेक ब्यक्तिको डाटा अनलाईनमा रहने भएकाले सबैलाई फाईदा पुग्ने बताए । यसअघि असोज १ गतेबाट वडा नम्बर ४ र ५ मा ब्यक्तिगत घट्ना अनलाईन प्रणालीबाट शुभारम्भ भईसकेको थियो ।

वडा नम्बर ४ र ५ मा जन्मदर्ता गरिएको प्रमाणपत्र प्रदान भएको र आफ्नो् वडाले पहिलो वडाको रुपमा विवाह दर्ता प्रमाणपत्र अनलाईन दर्ता सहित प्रदान गरेको वडा सचिव धिरेन्द्र भण्डारीले बताए। आगामि दिनमा यसलाई अझै प्रभाबकारी सहित ब्यबस्थित बनाउदै जाने सचिव भण्डारीको भनाइ छ ।

शुभारम्भ कार्यक्रममा वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, नगरपालिकाका सुचना प्रबिधि अधिकृत पौरख बोगटी, नायब सुब्बा बिष्णु प्रसाद जैसि, गँगा माध्यामिक विदयालयका शिक्षक डम्मर प्रसाद भट्राई, पत्रकार कमल रावल, बिक्रम परियार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन नगरपालिकाका एमआईएस अपरेटर एकेन्द्र बोगटीले गरेका थिए ।