मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी र पहिरोका कारण बाजुराका सडक सुचारु भएन

बाढी र पहिरोका कारण बाजुराका सडक सुचारु भएन


बाजुरा – जिल्लामा लगातारको अविरल वर्षासंगै आएको बाढी र पहिरोले छेदविच्छेद बनाएको छ । वर्षाका कारण नागरिकले सास्ती भोग्नु परेका छन् । बाढी र पहिरोमा परी पाँच जनाको मृ’त्यु भइसकेको छ ।

लगातारको वर्षासंगै असार दोस्रो. साता देखि आएको पानीका कारण जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी राजमार्ग सडक खण्डको विभिन्न ठाउमा पहिरो जाँदा असोजको दोस्रो साता वितिसक्दा पनि सञ्चालन हुन सकेको छैन भनेपटक पटक आएको वर्षाका कारण उक्त राजमार्ग सडकको बार्जुगाड देखि मार्तडी सम्मका दर्जनौ ठाउँमा पहिरो गएर तीन महिनादेखि अवरुद्ध भएको सो राजमार्ग अवरुद्ध हुँदा पनि स्थानीय प्रशासन र स्थानीय निकायको पहलमा सडक विभागलाई सडक खोल्ने कार्यमा दबाव दिदै आएको पनि बर्षा नरोकिएका कारण अवरुद्ध भईरहने भएकाले सडक खोल्ने सम्भव भएको छैन ।

बार्जुगाड हुदै बाम्का,ताप्रीसेरा,बल्दे,अम्कोट,द्धारी,तिपाडा लगायतका ठाउँमा पहिरो आहिरने भएकाले सडक खुलाउन नसकेको सडक डिभिजन साँफे बगरले जनाएको छ ।
लगातार तीनदिनसम्म वर्षा आएपछि सो राजमार्गको सडक अम्कोटमा समस्या हुने गर्दछ  । सडकको पुरानै स्थितिमा ल्याउनका लागि डोजर लगाएर काम भइरहेको भएपनि वर्षाका कारण बनाएको सडक भत्किने गरेको सडक डिभिजन कार्यालय साँफेबगरमा सडकका निमित्त डिभिजन प्रमुख दमनकुमार विष्टले बताउनुभयो ।

उनका अनुसार दशै अवागै जडांगासम्म सडक नियमित रुपमा संचालन गर्ने गरी वर्षासंगै आएको पहिरो हटाउने र बाटो बनाउने कार्य सुरु गरेको भएपनि वर्षा नरोकिएका कारण असोजमै सडक खुलाउने कार्य सम्भव नदेखिएको निमित्त डिभिजन प्रमुख विष्टले जानकारी दिनुभएको छ ।
तीन महिनादेखि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्ग सडक प्रयास जारी भएपनि खुलाउन नसकेको निमित्त डिभिजन प्रमुखले स्वीकार गर्नुभएको छ ।

बार्जुगाड देखि मार्तडी सम्मका दर्जनौ ठाउँमा पहिरो गएको भएपनि अम्कोटमा पहिराले क्षती ग्रस्त भएपछि सो क्षेत्रमा निर्माण कार्य गर्न असोज महिना लाग्ने सक्ने विष्टको भनाई रहेको छ ।
बार्जुगाडदेखि बल्देसम्मको बाटो खुलाएर गाडी सो क्षेत्रमा आवतजावत गर्दै आएको निमित्त प्रमुख विष्टले बताए ।

 बल्देदेखि अम्कोट द्धारी सम्म पहिरो पन्छ्याउदै सडक खोल्ने कार्य भने भइरहेको भएपनि सो ठाउँमा पानीका कारण बाटो बनाउन कठिन भएकोलेसडक डिभिजन कार्यालय सो ठाउँमा गएर डोजर लगाएर सवारी साधन चल्ने गरी बाटो खुलाएर असोज दोस्रो सातासम्म सडक खुलाउने गरी काम गर्दा पनि वर्षाले गर्दा सो सडक खुलाउन सकिएको छैन ।

अम्कोटमा रहेको खेतीयोग्य जमिनमा पानी आउने भएकाले सो ठाउँमा डोजरले सडक निर्माण गरेको भएपनि माटो बगाउने हुँदा ट्रयाक खोल्न कठिन भएकोले गर्दा अन्य ठाउँमा आएका पहिरो र भत्केको सडक मर्मत कार्य भएपछि अम्कोटको पहिरोले गर्दा असोज मसान्तसम्म निर्माण कार्य लाग्ने भएको छ ।

वर्षायामका बेला जिल्ला सदरमुकाम जोड्ने सो राजमार्ग सडकका कारण आवतजावतमा कठिनाई मात्र नभएर जिल्लाका नागरिक हैरानी खेप्दै आएका छन् ।  पैदल यात्रा गर्दा समेत माथिबाट पहिरो आउने डर भएकाले सो ठाउँमा आवतजावत नै बन्द हुने अवस्था रहेको छ ।उक्त राजमार्ग सडकको वैकल्पिक बाटो खोज्नुपर्नेमा जिल्लाका नागरिक अगुवाहरु र राजनितिक दलले आग्रह गर्दै आइरहेका छन् ।वर्षाले अवरुद्ध भएको उक्त सडक निर्माण नहुदा जिल्लाका व्यापारीहरुले खच्चर मार्फत सामान ढुवानी गर्न बाध्य भएका छन् । 

ठाउँ–ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुदा व्यापारीहरुले खच्चर र मजदुर मार्फत सामान ढुवानी गर्ने गरेको मार्तडीका व्यापारी जयराज उपाध्यायले बताएका छन् । खच्चर र मजदुर लगाएर सामान ढुवानी गर्दा खर्च बढी लाग्न थालेकोले बढी मुल्यमा सामान विक्री गर्नु परेको व्यापारीले बताए ।

सडक अवरुद्धका कारण जिल्लामा ग्यास,तेल,चिनी दैनिक उपभोग्य सामग्रीको मुल्य दैनिक रुपमा वृद्धि हुदै आइरहेको दैनिक रुपमा उपभोग्य सामग्रीको मुल्य बजारमा वृद्धि भएपछि यहाँका सर्वसाधारण मारमा परेका छन् भने दैनिक उपभोग्य सामग्रीको मुल्य बजारमा बढिरहेको छ ।