मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लमा संचालन हुन लागेको पिसिआर मेसिनको अवस्था बुझन प्रदेश स्थरिय टोलि कमलबजारमा

जिल्लमा संचालन हुन लागेको पिसिआर मेसिनको अवस्था बुझन प्रदेश स्थरिय टोलि कमलबजारमा


अछाम – जिल्लाको कमलबजारमा सन्चालनको अन्तिम चरणमा रहेको पिसिआर मेसिनको गुणस्तर लगायतका अवस्थाको बारेमा प्रदेश स्थरिय एक स्वास्थ्य टोलिले अनुगमन गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीको टोलिले पिसिआर मेसिनको गुनस्तर र के कसरी सन्चालनको तयारी भैरहेको छ भन्न्ने बारेमा अनुगमन गरेको हो ।

अनुगमन पश्चात नगरप्रमुख ओम प्रकाश बिस्टको अध्यक्ष्यातामा भएको कार्यक्रममा बोल्दै डा अवस्थिले पिसिआर मेसिन सन्चालन गर्नु राम्रो कामको सुरुवात भएको भन्दै यस कार्यलाइ निरन्तर्ता दिनु पर्ने बताए । यसलाइ सन्चालन गर्न अछामका सबै स्थनिय तहले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

कमलबजार नगर अन्तर्गत प्राथमिक स्वास्थ केन्द्रमा सन्चालनमा आउन लागेको पिसिआर मेसिनलाई प्रदेश बाट सहयोग गर्न आफु तयार रहेको समेत उनले बताए । मेसिन संचालनको ९५ प्रतिसत काम सम्पन्न भैसकेको बताइएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाहिको टोलिले मेसिनको परिक्षाण गर्न पहिले टेस्ट भएका नेगेटिभ र पोजेटिभ नमुना जाच गरिरहेको जानकारी दिए ।

असोज १५ गते सम्ममा कमलबजारको प्रयोगशालामा पिसिआर जाच भएको नमुना अन्य प्रयोगशालामा जाँच गरि अन्तिम रुप दिने तयारी भएको समेत उनको भनाइ छ ।

कमलबजारमा पिसिआर मेसिन सन्चालनमा आएपछि कमलबजार नगरपालिका र समग्र अछाममा कोराना परिक्षणको दायरा फराकिलो हुने बिस्वास कामलबजार नगरपालिका प्रमुख ओमप्रकास बिष्टले बताए ।