धनगढी : सुदूरपश्चिममा लकडाउनको अवधिमा भरात लगायतका क्षेत्रबाट फर्किएका झण्डै ३७ हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ३६ हजार नौँ सय ९३ जनालाई क्वारेन्टाईनमा राखिएको हो। उनीहरुमध्ये अधिकासं भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार क्वारेन्टाईनमा राखिएका मध्ये ३२ हजार ६ सय ३८ जना पुरुष र चार हजार तीन…