मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा एक महिलामा मृ’त्युपछि कोरोना पुष्टि

कैलालीमा एक महिलामा मृ’त्युपछि कोरोना पुष्टि


धनगढी : कैलालीकी एक महिलामा मृ’त्युपछि कोरोना पुष्टि भएको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृ’त्युपछि कोरोना पुष्टि भएको हो।

टाउकोमा चो’ट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृ’त्यु भएको थियो।

मृ’त्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए। 

उनका अनुसार श’व मेडिकल कलेजमै राखिएको छ। योसँगै सुदुरपश्चिममा कोरोनाका कारण तीन जनाको मृ’त्यु भईसकेको छ।

यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृ’त्यु भएको थियो। तीनै जनाको मृ’त्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ।