धनगढी : विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा उलेख्य भूमिका खेल्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम सरकारले आवश्यक समाग्री खरिदको प्रक्रिया थालेको छ। सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ढिलै भएपनि कोरोना भाईरसको परीक्षणका लागि आवश्यक पर्ने किट लगायतका स्वास्थ्य समाग्री खरिदको प्रक्रिया सुरु गरेको हो। केन्द्रका फार्मेसी सुपरभाईजर जयन्द्र…