मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय उत्पादन र निजी क्षेत्रलाई आकर्षण हुने कार्यक्रम ल्याउन सरोकारवालाको माग

स्थानिय उत्पादन र निजी क्षेत्रलाई आकर्षण हुने कार्यक्रम ल्याउन सरोकारवालाको माग


हाेम साउद, अछाम।

मंगलसेन नगरपालिका अछामले आगामि वर्षकाे याेजना तर्जुमाका लागि राय सुझाव सकल तथा अन्तरक्रिया सम्पन्न गरेकाे छ । अन्तरक्रियामा नगरले ल्याउन लागेको आगामि आर्थिक वर्ष २०७७/७८ काे वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने सवाल तथा कार्यक्रमका सन्दर्भमा सराेकारवालाहरुबाट सुझाव सकल गरिएको हाे ।

अन्तरक्रियामा सहभागीहरुले ब्यवस्थित रुपमा मासुजन्य, दुग्ध जन्य र कृषिजन्य वस्तु उत्पादनमा जाेड दिईनुपर्ने, निजि क्षेत्रकाे आकर्षण हुने गरि लगानी मैत्री वातावरण बनाईनुपर्ने, नगरपालिकालाई कृषि उत्पादनकाे हव बनाईनुपर्नेमा जाेड दिएका थिए ।

यस्तै नगरकाे आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, काेराेना भाईरस लगायतका बिपद ब्यावस्थापन लगायतका क्षेत्रमा विभिन्न गतिविधि गरिनुपर्नेमा सहभागी सराेकारवालाकाे जाेड थियाे ।

नगरप्रमुख पदमबहादुर बाेहराकाे अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख टाेप बहादुर रावल, नेकपाका कार्यालय सचिव नमराज न्याैपाने, नेपाली काँग्रेसका जिल्ला उपसभापति चन्द्र प्रसाद ढुंगाना, जिल्ला सचिव नम बहादुर शाही लगायतका अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्यायले स्वागत मन्तब्य राख्नुभएको थियाे भने कार्यक्रमकाे उदेश्य बारे निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन नगरपालिकाका नायव सुब्बा बिष्णु जैशिले गर्नुभएको थियाे ।