मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोर विजोर प्रणाली लागु गरेर भएपनि नगरले सेवा दिने : नगर प्रमुख कुवँर

जोर विजोर प्रणाली लागु गरेर भएपनि नगरले सेवा दिने : नगर प्रमुख कुवँर


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले नगरवासीलाई जोर बिजोर प्रणाली लागु गरेर भएपनि सार्वजनिक सेवा दिने भएको छ ।

आगामी आर्थिक बर्षको लागि बजेट निति तथा कार्यक्रम असार १० गते भित्र नगर सभामा पेश गरिसक्नुपर्ने बाध्यात्मक संबैधानिक व्षवस्थाको परिस्थितीका कारण असार १ गते देखि नगरबाट प्रबाह गरिने सार्वजनिक सेवाहरु जोर बिजोर वडाका आधारमा प्रदान गरिने जनाएको छ ।

नगर प्रमुख कुलबहादुर कुवँरले आज एक विज्ञप्ती जारी गर्दै सामाजिक दुरी कायम गरि सेवा प्रबाह गर्ने बताएका छन् । आगामी दिनमा कोरोनाबाट हुन सक्ने सम्भावित जोखिमका आधारमा आवश्यक कदम चालिने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतबाट अछाम फर्किनेको संख्या प्रत्येक दिन बृद्धि भएका कारण कोरोनाको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरले जेठ २३ गतेबाट सार्वजनिक सेवा तत्कालका लागि स्थगित गरेको थियो ।