मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोजर मालिकको ध’म्कीपछि कर्मचारीद्वारा गाउँपालीकाको सेवा ठप्प

डोजर मालिकको ध’म्कीपछि कर्मचारीद्वारा गाउँपालीकाको सेवा ठप्प


अछाम / जिल्लाको मेल्लेख गाउँपालीका कर्मचारीले कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरेको छन् । मेल्लेख गाउँपालीका वडा नम्बर ६ शोडषाका वडा सदस्य तथा न्यायिक समिति सदस्य समेत रहेका बिर बहादुर बोहोराले आफ्नो डोजरले खनेको बिवादित सडकको भुक्तानी दिन पर्यो भन्दै गाउँपालीकाका जनप्रतिनिधि र कार्यालय कार्यरत कर्मचारीलाई गाली गलौच गर्दै ध’म्की दिएको भन्दै गाउँपालीका कर्मचारीले सेवा रोकेका हुन्।  

कर्मचारीलाई गाली तथा ध’म्की दिने न्यायिक समिति सदस्य तथा डोजर मालिकले लिखित रुपमा माफी नमाने सम्मको लागि सम्पुर्ण सार्बजनिक सेवा बन्द गरिएको पालिका कर्मचारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।  

उनले खनेको सडक बिवादित भएको भन्दै उपभोक्ता समितिका उजुरी परेको छ । यस बिषयमा गाउँपालीकामा छलफल गरी सहमति गरि उक्त विवाद समाधान गर्ने भनीए पनि न्यायिक समितिका सदस्य समेत रहेका डोजर मालिकले दादागिरी पारामा भुक्तानी लिन खोजेको गाउँपालीकाको आरोप छ। 

‘एक जिमेवार व्यक्ति बाट भएको गैरजिमेवार तथा आपत्तिजनक ब्यबहारको गाउँपालिका कर्मचारी परिवार घोर भ्रत्सना गर्दछौ’ पालिकाका सबै कर्मचारी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।

हाल मेल्लेख गाउँपालीका कोरोना भाइरसको कारण सिल गरिएको छ । अछाम जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित पनि मेल्लेख गाउँपालीकामा रहेका छन् ।