धनगढी : किटको मौज्दात सकिएपछि धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ। धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण बन्द भएको हो। गयराती चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि आज परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ। पीसीआर बिधीबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गरेको…