मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको मेल्लेखमा २१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

अछामको मेल्लेखमा २१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ


लालबहादुर चदारा, मेल्लेख ।

जिल्लाको मेल्लेख गाउपालिका वडा न ५ बिन्धेबासनिको क्वारेन्टाइन मा रहेका ६३ जनामा गरिएको परिक्षणका क्रममा २१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

२१ जनामा रिपोर्ट पोजिटभ देखिएपछि पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि पठाएको वडा अध्यक्ष रमेश खडकाले जानकारी दिए ।

यस्तै मेल्लेख गाउपालिका वडा न ७ नन्देगडा मा ५४ जना को आरडिटी परिक्षण मा ३ जनामा आरडिटी पोजिटिभ देखिएको वडा अध्यक्ष नर बहादुर साउदले बताए ।

मेल्लेख गाउपालिकाले कोरोना प्रभावित क्षेत्र बाट आएका हरुको क्वारेन्टाइन मा राखेर १० देखि १४ दिन बसेकाहरुको आरडिटी परिक्षणमा तिब्रता दिएको छ।

आरडिटी पोजिटिभ देखिएकालाई पिसिआर परिक्षण गर्न स्वाब संकलन गरि पठाए पनि रिपोर्ट आउनमा भने ढिलाइ भइरहेको छ ।